वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका १४ पिपरास्थित रेनुका पेट्रोल पम्प नजिकै आइतबार दिउँसो कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार दिउँसो करिब ३:१० बजे कार अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको हो । मृतकको सनाखत भइनसकेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर घाइते भएका तीन जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।




