काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर ३ हजार ४८१ काेराेना संक्रमित थपिएका छन् । १० हजार ९०७ पीसीआर र ५ हजार ७४९ काे एन्टिजेन परीक्षण गरिएकाे थियाे । पीसीआर परिक्षण गरिएकामध्ये २ हजार ६१६ जना र एन्टिजेन परीक्षण गरिएकामध्ये ८६५ जनामा संक्रमण पुष्टि भएकाे हाे ।
यस्तै आज बुधबार ३० जनाकाे मृत्यु भएकाे छ । १ हजार ८८५ जना डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सक्रिय संक्रमित संख्या ३८ हजार ३३ रहेकाे छ । जसमध्ये ७९६ जना आइसियुमा छन् भने १८४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा ३९९ जना छन् ।






