सप्तरी । लागूऔषध गाँजा सम्बन्धी कसूर मुद्दामा फरार रहेका हनुमाननगर कंकालिनी नगरपालिका १ का ३५ वर्षीय बुधन (जोगानन्द मण्डल) लाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले उनलाई हनुमाननगर कंकालिनी नगरपालिका १ बाट पक्राउ गरेको हो । बुधनमाथि लागूऔषध सम्बन्धी कसूरमा जिल्ला अदालत सप्तरीले ७ दिन म्याद थप गरी अनुसन्धानका लागि अनुमति प्रदान गरेको छ ।
प्रहरीले घटना बारे आवश्यक अनुसन्धान अगाडि बढाइरहेको छ र पक्राउ परेका प्रतिवादीलाई कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने तयारीमा रहेको जनाएको छ ।




