बारा । बारा प्रहरीले २२ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार जीतपुर सिमरा उपमहानगरपालिका ८ लोसण्डा बस्ने ४५ वर्षीय रामपुकार सहनीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सहनीलाई जीतपुर सिमरा उपमहानगरपालिका ८ स्थित ईम्लीप्रति क्षेत्रको एक फाँटमा दुईवटा बोरामा गाँजा लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका सहनीलाई लागुऔषध सम्बन्धी मुद्दामा आवश्यक कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




