सिराहा । सिराहाको लहान नगरपालिका १ सिरमराहाबाट लागूऔषधसहित दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बेलुकी इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रित लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लहान नगरपालिका १ बस्ने २३ वर्षीय प्रशान्त साह र २९ वर्षीय आगेश्वर आले रहेका छन् । उनीहरूको साथबाट डाईजेपाम ५ एम्पुल, बुप्रेनोर्फिन ५ एम्पुल र फेनारगन ३ एम्पुल बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनीहरूविरुद्ध लागुऔषध (नियन्त्रण) ऐन अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान सुरु गरिएको छ । लागुऔषध दुरुपयोग तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी र चेकजाँचलाई अझ कडा बनाएको जनाएको छ ।




