सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका ४ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपामसहित दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार भरतपुर महानगरपालिका २४ चितवन निवासी १८ वर्षका दुई जना किशोरलाई मंगलबार दिउँसो पक्राउ गरिएको हो ।
उनीहरू भारतको सोनवर्षाबाट नेपालतर्फ आउँदै गरेका थिए । प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको टोलीले भारतको सोनवर्षाबाट भेल्हीतर्फ आउँदै गरेको म प्र ०३-००१ ह २२२१ नम्बरको अटो जाँच गर्ने क्रममा उनीहरूको साथबाट नाइट्राजेपामका १,२०० ट्याब्लेट फेला पारेको हो ।
प्रहरीले लागूऔषध बरामद गरी थप अनुसन्धान अगाडि बढाएको जनाएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरू लागूऔषध ओसारपसारमा संलग्न रहेको आशंका गरिएको छ । पक्राउ परेकाहरूमाथि लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ ।




