काठमाडौं । काठमाडाैंकाे गुहेश्वरीमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
मकवानपुरकाे हेटाैँडा घर भएका ३९ वर्षीय राम श्रेष्ठले श्रीमती २३ वर्षीय रञ्जना तामाङकाे घाँटी थिचेर हत्या गरेका हुन् । उनीहरू हाल काठमाडौंको गुहेश्वरीमा बस्दै आएका थिए । महानगरीय प्रहरी वृत्त गौशालाका अनुसार रञ्जना ६ महिनाकी गभर्वती थिइन् ।
हत्यापछि राम आफैँले प्रहरीलाई फोन गरेर आफूले श्रीमतीको हत्या गरेको जानकारी दिएका थिए । उनले फोन गरेपछि प्रहरी टोली पुग्दा कोठाभित्र चुकुल लगाएर बसेको अवस्थामा अभियुक्त र ओछ्यानमा रञ्जनाको शव भेटिएको थियो ।
श्रीमतीसँग बिवाद हुँदा आफूले घाँटी थिचेर हत्या गरेको भनेर श्रेष्ठले स्वीकारेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेकाे छ ।




