बारा । बारा जिल्लाको पचरौता नगरपालिका ७ धर्मनगर गाउँबाट शुक्रबार साँझ करिब ४ किलोग्राम अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारत बिहारको मोतिहारी, थाना आदापुर अन्तर्गत अररा टोल बस्ने २२ वर्षीय अनरजित कुमार सहनी र बारा कलैया उपमहानगरपालिका २७ बर्वाका १९ वर्षीय रूपेश सहनी रहेका छन् ।
प्रहरी चौकी पिपरपातीबाट खटिएको टोलीले बीआर ०५ बीई ९६८६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागि जाँच गर्दा उक्त परिमाणको गाँजा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूमाथि लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।




