धनुषा । धनुषाको जनकनन्दनी गाउँपालिका १ कमला बाँधस्थित सडकबाट शनिबार राति प्रहरीले खैरो हेरोइन जस्तो देखिने अवैध लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहा जिल्ला कल्याणपुर नगरपालिका–४ मौहुलियाका १९ वर्षीय कृष्ण ठाकुर रहेका छन् । प्रहरीले उनको साथबाट करिब ४९ ग्राम ५६० मिलिग्राम लागूऔषध बरामद गरेको हो ।
प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ठाकुरलाई शंका लागि जाँच गर्दा उक्त लागूऔषध फेला पारेको जनाएको छ ।
हाल पक्राउ परेका ठाकुरमाथि लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




