मकवानपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मनहरी गाउँपालिका १ मकरी बस्ने २० वर्षीय पुजन सिङ्ताङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
पुजनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






