पर्सा । वीरगंज महानगरपालिका १४ राधेमाईस्थित प्रभात ट्रेड कनसन नामक टायल–मार्बल पसलमा बुधबार राति आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
४५ वर्षीय जितेन्द्र प्रसाद चौधरीको स्वामित्वमा रहेको सो पसलमा विद्युत सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीय बासिन्दा र वीरगंज महानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
यद्यपि आगलागीका कारण पसलभित्र रहेका टायल, मार्बल र अन्य सामग्री पूर्ण रूपमा नष्ट भएको प्रहरीको प्रारम्भिक मूल्याङ्कनमा उल्लेख गरिएको छ ।
इलाका प्रहरी कार्यालय वीरगंजले आगलागीको कारण र क्षतिको विस्तृत विवरण बारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




