सर्लाही । सर्लाहीको बसवरिया गाउँपालिका ३ भवानीपुरमा रहेको एक पशुपंक्षी फर्ममा विद्युत सर्ट भएर आगलागी हुँदा ठूलो क्षति भएको छ । स्थानीय आसनारायण महतोले सञ्चालन गर्दै आएको ‘ओम एकीकृत पशु तथा पशुपंक्षी फर्म’मा बिहीबार दिउँसो आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
विद्युत सर्ट भएर सुरु भएको आगोले फर्ममा रहेका उपकरण, संरचना र पशुपंक्षीसमेत क्षति पुर्याएको जनाइएको छ । आगलागीपछि स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटना बारे प्रहरी प्रशासनले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




