सिराहा । सिरहा जिल्लाको सिरहा नगरपालिका ४ थाना चोकस्थित एक मेशिनरी पार्ट्स पसलमा शुक्रबार राति अचानक आगलागी भएको छ ।
आगलागीमा पसल सञ्चालक तथा सोही नगरपालिका ६ निवासी रमेश शर्माको ‘शर्मा मेशिनरी पार्ट्स’मा करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
पसलमा रहेका विभिन्न मेशिनरी सामान, पार्टपुर्जाहरू, उपकरण र कागजातहरू जलेर नष्ट भएको बताइएको छ । आगलागीको कारण खुल्न नसकेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




