रौतहट । गरूडा नगरपालिका ५ झाझपुस्थित ग्राण्डी अस्पतालमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा अस्पतालमा जडान गरिएको जेनेरेटर पूर्णरूपमा जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




