काठमाडौं । पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट ३२ जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । याेसँगै योसँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ ।
यस्तै आज ३,२६० जना नयाँ संक्रमित थपिएका छन् । १० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७ सय ८७ गरी ३ हजार ३,२६० जनामा संक्रमण पुष्टि भएकाे हाे । याेसँगै काेराेना संक्रमितकाे कुल संख्या ७ लाख २५ हजार ७६९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज २ हजार २९४ जना निको भएका छन् । याेसँगै निकाे हुनेकाे संख्या ६ लाख ७७ हजार ३७७ पुगेकाे छ ।
हाल देशभर ३८ हजार १८० सक्रिय संक्रमित छन् । जसमध्ये ३४ हजार ८३८जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३७ जना आईसीयू र १८३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।




