सप्तरी । सप्तरीको राजविराज नगरपालिका ९ मलेठस्थित एक घरमा बिहीबार बिहान भीषण आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय पुलकित खंगको घरमा अचानक लागेको आगलागीले क्षति भएको हो ।
घरसहित घरभित्र रहेको नगद, भाँडावर्तन, लत्ता कपडा, अन्नपात लगायतका सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको धनमालको क्षति भएको छ ।
प्रहरी र स्थानीयवासीको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो । आगलागीको कारण खुलेको छैन भने घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




