कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ तल्लो चौराहस्थित सडकमा बसको ठक्करबाट एक महिलाको बिहीबार बिहान मृत्यु भएको छ ।
बेलौरीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु प प्र ०२–००१ ख ९२९ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा शुक्लाफाँटा नगरपालिका १ गणेशपुरकी ५५ वर्षीया द्रोपती भट्ट गम्भीर घाइते भएकी थिइन् ।
घाइते अवस्थामा उपचारका लागि निसर्ग अस्पताल धनगढी, कैलाली लगिएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई घटना सम्बन्धी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






