महोत्तरी । महोत्तरीको मनराशिसवा नगरपालिका ६ मा रहेको एक किराना पसलमा गएराति अचानक आगलागी हुँदा करिब ३ लाख ९२ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय शम्भु यादवको सञ्चालनमा रहेको सो किराना पसलमा रातिको समयमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेपनि प्रहरीका अनुसार पसलमा राखिएका खाद्यपदार्थ, नगद, लत्ता कपडा तथा अन्य सामाग्री पूर्णरूपमा जलेका छन् ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिन सफल भएको जनाएको छ । हाल घटनाको कारण र थप विवरण बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।




