सप्तरी । सप्तरी जिल्लाको राजगढ गाउँपालिका ५ मलकेपुरमा विद्युत सर्टका कारण शुक्रबार राति आगलागी भएको छ । आगलागी बिरेन्द्र रामको घरमा भएको हो ।
स्थानीय प्रहरीका अनुसार राति अचानक विद्युत सर्ट हुँदा बिरेन्द्र रामको घरमा आगलागी भएको र घटनामा करिब १ लाख ५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, अन्नपात, फर्निचर लगायत सामग्री जलेका छन् ।
घटनापछि स्थानीय बासिन्दा तथा दमकलको सहकार्यमा आगो नियन्त्रणमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले आगलागीको कारण र क्षतिको विवरण बारे आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।




