पर्सा । पर्सा जिल्लाको जिराभवानी गाउँपालिका १ बलुवा टोलमा आइतबार राति भएको भीषण आगलागीमा चार घर जलेर करिब ९ लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय शेषनाथ मुखियाको घरमा अचानक लागेको आगो फैलिँदै गएर सोही टोलका जितेन्द्र मुखिया, सनोज मुखिया र पुचाई मुखियाको घरमा समेत फैलिएको हो ।
आगलागीका कारण घरभित्र रहेको लत्ता कपडा, अन्नपात, भाँडाकुँडा, नगदलगायतका सामाग्री पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
स्थानीय बासिन्दा र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




