बुटबल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्रिमण्डल हेरफेर गरेका छन् ।
नवनियुक्त मुख्यमन्त्री केसीले ६ जना मन्त्री नियुक्त गरेका हुन्, जसमा नेपाली काँग्रेसबाट ग्रामीण तथा शहरी विकासमन्त्रीमा डिल्ली चौधरी, माओवादीबाट आर्थिक मामिला मन्त्रीमा कृष्णध्वज खड्का, जसपाबाट भौतिक पूर्वाधार विकासमन्त्रीमा सहसराम यादव रहेका छन् ।
उनीहरुको आज नै सपथ भइसकेको छ। विना विभागीय मन्त्रीका रुपमा अजय शाही, सुमन शर्मा रायमाझी र पुर्मती ढेंगाले सपथ लिएका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४१ सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसी मुख्यमन्त्री नियुक्त भएका हुन् । बुधबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री चयन प्रक्रिया शुरु गरेका थिए ।






