महोत्तरी । महोत्तरीको सम्सी गाउँपालिका १ पर्सा बजारस्थित एक स्टेशनरी पसलमा बुधबार बिहान भीषण आगलागी भएको छ । ओम प्रकाश मण्डलले सञ्चालन गर्दै आएको माता जेनरल एण्ड स्टेशनरी स्टोरमा विद्युत सर्ट भएर आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भई अचानक फैलिएको आगोले पसलमा रहेका किताब, कापी, स्टेशनरी सामाग्री तथा अन्य सामान पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीपछि स्थानीय बासिन्दा र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको थियो । दमकलको समेत सहयोगमा आगो निभाइएको थियो । प्रहरीले आगलागी सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




