रौतहट । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका ६ पेटभर्वामा गएराति घुम्ती किराना तथा फास्ट फुड पसलमा आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय हिरालाल मुखियाको स्वामित्वमा रहेको सो घुम्ती पसलमा राति अकस्मात लागेको आगोले पसलमा रहेका खाद्यान्न, फास्ट फुड सामाग्री, भाडाकुँडा र अन्य सामान पूर्ण रूपमा जलेर नष्ट भएका हुन् ।
प्रहरीका अनुसार आगलागी नियन्त्रणमा लिन स्थानीय बासिन्दा र दमकलको सहयोगमा ठूलो प्रयास गरिएको थियो । समयमै आगो नियन्त्रणमा लिइए पनि पसलमा ठूलो क्षति भएको छ ।
आगलागीको कारण हाल स्पष्ट नभएपनि यस विषयमा प्रहरीद्वारा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । थप विवरण आउन बाँकी छ ।




