रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका १ बाट लागूऔषधसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजदेवी नगरपालिका ८ लक्ष्मीपुरका २३ वर्षीय नितेश कुमार पण्डित र ३२ वर्षीय पिन्टु कुमार यादव रहेका छन् ।
बुधबार राति लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंजसहितको प्रहरी टोलीले बीआर ०५ यु ५८६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूबाट नाइट्राभेट १,८०० ट्याब्लेट, डाइजेपाम ३०० एम्पुल, फेनारगन ३०० एम्पुल र बुप्रेनोर्फिन ३०० एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेकाहरूलाई लागुऔषध सम्बन्धी कसुरमा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




