बारा । बारा जिल्लाको कलैया उपमहानगरपालिका २३ स्थित बैराटपुर टोलमा बिहीबार बिहान भएको आगलागीबाट करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानिय जगदिश सिंहको घरमा अज्ञात कारणले आगलागी भएको हो । आगोले घरमा रहेका लत्ताकपडा, फर्निचर, अन्नपात र अन्य घरेलु सामग्रीमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आगलागी स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा ल्याइएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




