कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका ६ बाकमारास्थित रानिजमरा सिंचाइ आयोजनाको नहरमा डुबेर सोही नगरपालिका ६ स्थित ससुराली घरमा बस्दै आएका दैलेख आठबिस नगरपालिका २ सिगौरी घर भएका २२ वर्षीय प्रेम रसाइलीको शनिबार दिउँसो मृत्यु भएको छ ।
नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।






