बारा । बाराको बिश्रामपुर गाउँपालिका ४ बाट करिब ५ किलोग्राम अवैध लागूऔषध गाँजासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार भारतको सीतामढी डुमरा निवासी २९ वर्षीय सावन शर्मा आइतबार बिहान गाँजासहित पक्राउ परेका हुन् ।
प्रहरी चौकी मुसहर्वाबाट खटिएको टोलीले शंकास्पद अवस्थामा भेटिएका शर्मालाई चेकजाँच गर्दा उनको साथमा करिब ५ किलो गाँजा फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।




