सप्तरी । सप्तरीको राजगढ गाउँपालिका ३ नर्घोकी ४१ वर्षीया रेखा कुमारी मण्डललाई करिब ३८८ किलो ७३० ग्राम गाँजा जस्तो देखिने लागूऔषध पदार्थसहित प्रहरीले पक्राउ गरेको छ ।
आइतबार बिहान इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले मण्डलको घरमा छापा मार्दा उक्त परिमाणको लागूऔषध बरामद गरेको हो ।
प्रहरीका अनुसार गाँजा १२ वटा बोरामा प्याक गरिएको अवस्थामा मण्डलको निर्माणाधीन शौचालय, गोठ र घर नजिकैको बाँसको झ्याङमा लुकाइएको अवस्थामा फेला परेको थियो ।
प्रहरीले बरामद पदार्थ परीक्षणका लागि तयारी गरिरहेको छ भने घटना बारे थप अनुसन्धान जारी रहेको जनाएको छ । यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




