सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका १ स्थित ४० वर्षीय लालबाबु राउतको किराना पसलमा आइतबार दिउँसो आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्राथमिक विवरण अनुसार, पसलमा विद्युत सर्ट भई अचानक आगो लागेको हो । आगलागीका कारण किराना सामान, फर्निचर तथा नगदसहित पसलमा भएको अधिकांश सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अगाडि बढाएको जनाएको छ ।






