पर्सा । वीरगंज महानगरपालिका १० स्थित चन्द्रभुषन पण्डितको ‘माहाकाल कपी उद्योग’मा विद्युत सर्टका कारण आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मंगलबार बिहान अचानक भएको आगलागीलाई स्थानीय बासिन्दा र वीरगंज महानगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय वीरगंजका अनुसार आगलागीपछि उद्योगमा रहेका कच्चा पदार्थ, कपी, मेसिन लगायतका सामाग्री पूर्णरूपमा नष्ट भएका छन् । प्रहरीले आगलागीको कारण र क्षतिको थप विवरण बारे आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।






