कैलाली । जिल्ला कैलाली, डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव ७ लाख ३१ हजार घुस रकमसहित पक्राउ परेका छन् ।
चुरे गाउँपालिका वडा नं. ६ स्थित ग्वासी सामुदायिक वनको घाटगद्दीको लागि काठको बिमर्का र छोडपूर्जी बनाउन सेवाग्राहीसँग घुस माग गरेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको टोलीले अनुसन्धान गरेको थियो ।
साउन ५ गते डिभिजन वन कार्यालय धनगढीबाट उक्त रकमसहित पूर्णशंकर यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।






