बारा । बाराको सिम्रौनगढ नगरपालिका ९ पिठवाबाट नियन्त्रित लागूऔषध नोर्फिन १ हजार ६ सय एम्पुल, फेनारगन १ हजार ६ सय एम्पुल र डाईजेपाम १ हजार ६ सय एम्पुलसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सर्लाही रामनगर गाउँपालिका १ धुर्वा टोल बस्ने २० वर्षीय राजेश गुप्ता र बारा जीतपुरसिमरा उपमहानगरपालिका ७ खडका टोल बस्ने २४ वर्षीय नसिर अंसारी रहेका छन् ।
प्रहरी चौकी कचोर्वाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ज ८ प ५४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।




