सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका १ बाट अवैध लागूऔषध गाँजा करिब १५ किलो ९ ग्राम प्रहरीले बरामद गरेको छ । बिहीबार दिउँसो प्रहरी चौकी सुन्दरपुरबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको हो ।
बा ९१ प ६५८१ नम्बरको मोटरसाइकलमा आएका व्यक्तिहरूले प्रहरीलाई देखेपछि मोटरसाइकल र जेब्रा झोला फालेर भागेका थिए । प्रहरी टोलीले उक्त झोला जाँच गर्दा झोलाभित्र करिब १५ किलो ९ ग्राम गाँजा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । साथै, लागूऔषध नियन्त्रण सम्बन्धी थप अनुसन्धान पनि अघि बढाइएको छ । प्रहरीले यस किसिमका क्रियाकलाप प्रति शून्य सहनशीलता अपनाउने जनाएको छ ।




