पर्सा । पर्सा जिल्लाको पकहाँ मैनपुर गाउँपालिका १ धोरेबाट शनिबार बेलुकी प्रहरीले ठूलो परिमाणमा नियन्त्रित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति पकहाँ मैनपुर गाउँपालिका ४ मधुवनी बस्ने २५ वर्षीय दिलिप सहनी रहेका छन् ।
प्रहरी चौकी धोरेबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सहनीलाई शंका लागी चेकजाँच गर्दा उनीसँग नियन्त्रित लागूऔषध नोर्फिन १५० एम्पुल र ट्रामाडोल १५० ट्याब्लेट फेला पारेको हो ।
लागूऔषध लुकाएर नेपाल भित्र्याउने प्रयासमा रहेका उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका दिलिप सहनीमाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।




