बारा । बारा जिल्लाको फेटा गाउँपालिका १ भलुहिबाट प्रहरीले ब्राउनसुगर जस्तो देखिने अवैध लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको टोलीले बुधबार दिउँसो २२ वर्षीय अजमुल हक अंसारीलाई पक्राउ गरेको हो ।
अंसारी विश्रामपुर गाउँपालिका १ घोडासाहनका बासिन्दा हुन् । प्रहरीका अनुसार अंसारीको साथबाट १ सय ४७ ग्राम १ सय ८० मिलिग्राम तौल भएको ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरिएको छ ।
लागूऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । यस घटनाले बारा जिल्लामा लागूपदार्थको ओसार पसार र कारोबारको समस्या अझै गम्भीर रुपमा रहेको संकेत दिएको छ ।




