पर्सा । वीरगंज महानगरपालिका ५ स्थित सडकमा पार्किङ गरी राखिएको स्कार्पियोमा सोमबार दिउँसो अचानक आगलागी हुँदा करिब ५ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।
बा १६ च ८८५९ नम्बरको उक्त स्कार्पियोमा वाइरिङको तार सर्ट भई आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको थियो । तर आगलागीबाट गाडीको अगाडिको भाग पूर्ण रूपमा जलेर नष्ट भएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






