धनुषा । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका १ भानुचोक स्थित धनुषा अस्पताल प्रालिमा शनिबार साँझ विद्युत् सर्टका कारण आगलागी भएको छ ।
आगलागीबाट अस्पतालमा रहेको करिब २६ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणका लागि स्थानीयवासी, प्रहरी र दमकलको सहायतामा करिब एक घण्टापछि नियन्त्रणमा लिइएको थियो ।
यस घटनामा मानवीय क्षति नभएपनि अस्पतालको विभिन्न चिकित्सकीय सामाग्री, उपकरण र कागजात जलेर पूर्णरूपमा नष्ट भएको अस्पताल प्रशासनले जनाएको छ ।




