महोत्तरी । महोत्तरीको औरही नगरपालिका ९ टिमकिया बस्ने ५५ वर्षीया राम कुमारी देवी यादवलाई आइतबार राति अवैध लागूऔषध गाँजा ८ किलो ८ सय ग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको टोलीले राम कुमारीको घरमा तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई नियन्त्रणमा लिएको हो । प्रहरीले पक्राउ परेकी राम कुमारीविरुद्ध थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।




