जनकपुरधाम । बुधबार धनुषामा प्रहरीले लागूऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ । यस क्रममा ४८ वर्षीय पप्पु साह घाइते भएका छन् ।
धनुषाका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक बरुणबहादुर सिंहका अनुसार, बुधबार करिब साढे ४ बजे मिथिला नगरपालिका २ नक्टाझिझ स्थित ढल्केवर बस्ने साहको दाहिने खुट्टामा गोली लागेको हो ।
घाइते साहलाई तत्काल हंसपुरस्थित अस्पतालमा उपचारका लागि लगिएको छ । उक्त घटनामा ३० वर्षीया सेलोदेवी रामलाई समेत ब्राउन सुगरसहित पक्राउ गरिएको छ । प्रहरीका अनुसार, घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ ।




