धनुषा । धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ग्रामसहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मिथिला नगरपालिका ६ ढल्केबर बस्ने ४८ वर्षीय पप्पु साह र बारा परवानीपुर गाउँपालिका २ बस्ने ३० वर्षीया सेलो देवी राम रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले जनकपुरबाट ढल्केबरतर्फ आउँदै गरेको बा ८७ प ९६७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।




