बारा । बाराको बारागढी गाउँपालिका ३ श्रिया टोलमा बिहीबार बिहान भएको आगलागीमा करिब २ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीय रामअधार साह कानुको गोठमा आगलागी हुँदा घरभित्रको सामान पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलेको छैन भने घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






