बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २० बसडिलवामा गए राति भएको आगलागीमा एक गोठ पूर्णरूपमा जलेको छ । स्थानीय जलिल खानको गोठमा लागेको आगोबाट करिब १ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीको कारण खुलेको छैन भने घटना बारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






