सिराहा । सिराहा जिल्लाको नवराजपुर गाउँपालिका ५ कुसण्डीबाट प्रहरीले करिब १७ किलोग्राम अवैध लागूऔषध गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भगवानपुर गाउँपालिका २ गमरियाटोलका ५० वर्षीय शिवनाथ यादव रहेका छन् । उनलाई गएराति इलाका प्रहरी कार्यालय झाझपट्टीबाट खटिएको प्रहरी टोलीले गाँजा सहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका यादवलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिराहामा पेश गरिएको छ ।




