जनकपुरधाम । पर्सा र धनुषामा छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा करिब पाँच लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका ३० पासवान टोल निवासी शम्भु पासवानको गोठमा शनिबार बिहान अचानक आगलागी हुँदा गोठ पूर्णरूपमा जलेको छ ।
सो घटनामा करिब दुई लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस्तै, धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका ३ अग्लेसवामा शुक्रबार साँझ राजिव यादवको कच्ची घरमा आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार स्थानीयवासी र दमकलको सहयोगमा दुवै स्थानका आगलागी नियन्त्रणमा लिइएको छ भने घटना बारे आवश्यक अनुसन्धान भइरहेको छ ।






