काठमाडौं । आफ्नै श्रीमती २७ वर्षीया ललिता विकको हत्या गरी फरार रहेका बुढानिलकण्ठ नगरपालिका २ भंगाल बस्ने २८ वर्षीय सन्तोष सेन्चुरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका २६ गोगबु मित्रनगरस्थित कञ्चन कोशी होटल एण्ड लजको कोठा नम्बर २०१ मा ललिताको हत्या भएको हो ।
घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न सन्तोषलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्सासँगको समन्वयमा प्रहरीले पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा ललिता र सन्तोष बिच सम्बन्ध बिच्छेद गर्न भनी सहमती भई दुबै जना भिन्न बस्दै गरेको र २०८२ साउन २७ गते सम्बन्ध बिच्छेदको अन्तिम छलफल गर्ने भनी ललितलाई उक्त होटलमा बोलाई हत्या गरेको खुल्न आएको छ ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको प्रहरीले जनाएको छ ।




