वीरगंज । पर्सा, सर्लाही र सिराहामा छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा करिब १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पर्साको वीरगंज महानगरपालिका २२ जगरनाथपुर बस्ने श्याम बाबु साह तेलीको घरमा करेन्ट सर्ट भई सोमबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सर्लाहीको धनकौल गाउँपालिका २ बस्ने राम प्रसाद रायको गोठमा गएराति आगलागी हुँदा करिब ३ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यस्तै सिराहाको औरही गाउँपालिका १ हर्कट्टी बस्ने बिमल कुमार महतो र सोभित महतोको गोठमा आइतबार राति आगलागी हुँदा दुबै जनाको गरी करिब १ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।






