जनकपुर । धनुषाको विभिन्न स्थानमा सोमबार राति आगलागी हुँदा करिब १८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । जनकपुर उपमहानगरपालिका १ मिल्स एरियामा बस्ने ५५ वर्षीय मनोज साहको घरमा विद्युत सर्ट भई आगलागी हुँदा करिब १४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, लक्ष्मीनिया गाउँपालिका ७ भगवतीपुरका २८ वर्षीय महेश्वर राउतको कच्ची घरमा आगलागी हुँदा करिब ३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रयास गरिएको र अहिले आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।






