रौतहट । रौतहटमा प्रहरीले करिब २३ किलो अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । गुजरा नगरपालिका २ मोजेवान टोल बस्ने ५५ वर्षीय गोपाल बहादुर थिङ मंगलबार दिउँसो पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले थिङको घरमा तलासी गर्दा ३ किलो ५० ग्राम गाँजा, ७८ हजार ३५ नेपाली रुपैयाँ र ६ सय १० भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, चन्द्रपुर नगरपालिका २ फुलबारी टोल बस्ने २२ वर्षीय सुभास पुलामी मंगलबार साँझ पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चपुरबाट खटिएको टोलीले बा ३१ प ३३१६ नम्बरको मोटरसाइकलमा सवार पुलामीलाई २० किलो गाँजासहित नियन्त्रणमा लिएको हो ।
घटनामा संलग्न मोटरसाइकल चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




