सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिका २ पर्साबाट अवैध लागूऔषध गाँजा करिब २४ किलो १ सय ४५ ग्रामसहित उदयपुर बेलका नगरपालिका ९ बस्ने ३२ वर्षीय मिलन श्रेष्ठलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरीले उदयपुरबाट फत्तेपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०५१ प ४०६१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




