सप्तरी । सप्तरीको अग्नीसाइर कृष्णसावरण गाउँपालिका ६ मोहनपुरमा बिहिबार दिउँसो विद्युत सर्ट भएर आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
गाउँपालिका ६ निवासी अम्बिका भट्टराईको गोठमा अचानक विद्युत सर्ट हुँदा आगलागी भएको हो । आगलागीबाट गोठमा रहेका सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्थानीयवासी र प्रहरीको प्रयासमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप आवश्यक कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।




